जनता टाइम्स

६ कार्तिक २०७८, शनिबार १७:४९

माधव नेपालको भ्रम तोडियो भन्दै एमालेमै फर्किए नगर कमिटीकै अध्यक्ष


दैलेख, ६ कार्तिक । पार्टी बिभाजनपछि समाजवादी पार्टी रोजेका एमाले दैलेखका आठविस नगरपालिकाका छत्र बहादुर माझि पुन: एमालेमै फर्किनु भएको छ । आजै एक विज्ञप्ती जारी गर्दै माझिले सनिवारदेखि एमालेमा फर्किनु भएको हो । उहाँ समाजवादी पार्टीको आठबीस नगर कमिटीको अध्यक्ष हुनुहुन्थ्यो ।

उहाँले जारी गरिएको एक विज्ञप्तीमा भन्नुभएको छ । ‘नेकपा एकता भङ्ग भएपछि एमाले एकतावद्ध हुनुपर्छ भन्ने हाम्रो चाहाना थियो ।’ ‘हामी पार्टी विभाजनको एउटा पक्षमा कदापी थियौँ तर पार्टी अन्र्तर संर्घषमा क्रममा एउटा पक्षमा हामी पनि लाग्यौँ । त्यहाँको वास्तविकता बुझी सकेपछि पार्टीमा फर्किएको छु ।’ समाजवादीको निर्माण नेपालको कम्युनिष्ट आन्दोलन र नेकपा एमालेलाई धोस्त पार्ने योजनाका साथ भएकोले र उक्त पार्टीले सर्वहरा वर्गको मुक्ती गर्ने नसक्ने भएको हुदा म आफ्नै मूलपार्टी नेकपा एमालेमा फर्किएको जानकारी गराउछु भन्नुभएको छ ।