जनता टाइम्स

७ कार्तिक २०७८, आईतवार १६:४६

गजेन्द्र हमाल प्रकरणमा प्रधानन्यायाधीशले खोले मुख, राखे गठबन्धनले नै फसाएको यस्तो तथ्य



काठमाडौं, कात्तिक ७ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले जेठान गजेन्द्र हमाललाई मन्त्री बनाउन दबाब नदिएको बरु नबनाउन आग्रह गरेको बताउनु भएको छ । नेपाल बार एसोसिएसनका टोलीसँगको आज भएको छलफलमा प्रधानन्यायाधीश जवराले यस्तो बताउनु भएको हो ।

‘गजेन्द्र हमालसँग मेरो ससुराली सम्बन्ध २०४१ सम्म थियो । मेरी श्रीमतीको निधन भएपछि अर्को बिहे गरेको हुँ । मैले उनलाई मन्त्री बनाइदिनु भनेर कुनै नेतालाई भनेको छैन । भेटेको छैन । बरु यसबारे मिडियामा समाचार आएपछि गजेन्द्र हमाललाई मन्त्री नबनाइदिनुस् भनेर चाँहि भनेको हुँ,’ प्रधानन्यायाधीश जबराको भनाइ उद्धृत गर्दै बार महासचिव लीलामणि पौडेलले भन्नुभयो ।

प्रधानन्यायाधीश जबराकै दबाबमा प्रधानमन्त्री शेरबहादुर देउवाले बाँकेका पुराना कांग्रेस नेता हमाललाई उद्योग तथा आपूर्ति मन्त्री नियुक्त गरेको चर्चा थियो । हमाललाई मन्त्री बनाएकोमा सरकारको निकै आलोचना भएपछि तीन दिन नपुग्दै उहाँले पदबाट राजीनामा दिनुभएको थियो ।