जनता टाइम्स

१० असार २०७६, मंगलवार ११:४३

प्रभु बैंकको आरुघाट शाखा कार्यालय सञ्चालनमा


काठमाडौं,

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीयतहमा आप्mनो शाखाकार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँगाउँमा बैंकिङ्गपहुँच पुर्याउने क्रममा प्रभु बैंक लि. ले धादिङ्ग जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं. २, विशाल नगरमा आरुघाट शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । त्रिपुरा सुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाबाट एक समारोहका विच बैंकको आरुघाट शाखाकार्यालयको समुद्घाटन भएको हो ।

शाखाकार्यालय समुद्उद्घाटन कार्यक्रममा प्रमुख अतिथी त्रिपुरासुन्दरी गाउँपालिकाकाअध्यक्ष शम्भुकुमार थापाले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले गाउँ गाउँमापुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै सञ्चालनमा आएको आरुघाट शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधि युक्त बैंकिङ्ग सेवा उपलब्ध हुने बताउनु हुँदै बैंकिङ्ग पहुँच भन्दाबाहिर रहनुभएका सम्पूर्ण नागरिकहरुलाई प्रभु बैंकको सेवाउपभोग गरी लाभ उठाउन समेत आग्रह गर्नुभयो ।

आरुघाटशाखा समेत गरी बंैकले हालसम्म १८६ वटा शाखा, १४६ वटा एटीएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरु लाई सेवाप्रदान गर्दैै आएको छ ।