जनता टाइम्स

९ कार्तिक २०७८, मंगलवार ११:१५

एमालेको पक्षमा देशब्यवापी उत्साह छाएको छ, २०७४ को भन्दा राम्रो परिणाम आउँछ : महासचिव पोखरेल


काठमाडौं, कात्तिक ९ । एमाले महासचिव इश्वर पोखरेलले २०७४ को निर्वाचन भन्दा राम्रो परिणाम आउने ठोकुवा गर्नुभएको छ । नेकपा एमाले टोखा नगरपालिकाको अधिवेशन उदघाटन गर्दै महासचिव पोखरेलले सवै प्रतिगामी षडयन्त्रलाई चिर्दै एमालेले जनताको हितमा काम गर्ने गरी राम्रो परिणाम ल्याउनु बताउनु भयो ।

महासचिव पोखरेलले अव सवै एकतावद्ध भएर पार्टीलाई कसरी ब्यवस्थित गर्ने भन्नेतर्फ लाग्नुपर्ने बताउनु भयो । ‘पार्टी कामलाई कसरी ब्यवस्थित गर्ने ? लोकतान्त्रिक अभ्याश भनेको सहमतिका साथ नेतृत्व छान्ने पनि हो, हाम्रो समाज इन्द्रेणी जस्तो छ, त्यसैअनुसार पार्टीलाई अघि बढाउनु पर्छ,’ महासचिव पोखरेलले भन्नुभयो, ‘अव आउनेपार्टी कमिटीलेतीन बर्षको योजना बनाउनु पर्छ, जनताको समस्या समाधानका केन्द्रित हुनुपर्छ । एकतावद्ध भएर पार्टी अघि बढदा हाम्रो जीतलाई कसैले रोक्न सक्दैन ।’

महासचिव पोखरेलले अहिले एमालेको पक्षमा देशब्यापी रुपमा उत्साह छाएको पनि बताउनु भयो ।