काठमाडौं, ९ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा माग्दैमा राजीनामा नदिने बताउनुभएको छ । फुल कोर्ट बहिस्कार गर्नुका साथै इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । तर जबराले भने सडकमा कसैले मागेको भरमा राजीनामा नदिने जवाफ दिनुभएको हो ।
‘विवादमा जो जो छन्, सबैले दिने हो भने सोच्न सकिन्छ, होइन भने सडकमा माग गर्दैमा राजीनामा दिन सकिन्नँ,’ जबराले भन्नुभयो । ‘आज सर्वोच्च अदालतका १५ जना न्यायाधीशहरूसँगको छलफलमा प्रधानन्यायाधीश जबराले आफू संवैधानिक बाटोबाट आएको र संवैधानिक हिसाबले नै बाहिरिने प्रष्ट बटमलाइन सुनाउनु भयो ।
‘विवाद र प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने हो भने मैले पनि राजीनामा दिन्छु । सडकको आवाजका भरमा राजीनामा दिने हो भने न्यायपालिका बच्न सक्दैन । म संवैधानिक बाटोबाट आएको हो, संविधानको व्यवस्थाअनुसार नै कायम रहन्छु,’ प्रधानन्यायाधीश जवराको भनाई थियो । धानन्यायाधीश जबरा विवादमा तानिएपछि १५ जना न्यायाधीशले सामूहिक रूपमा भेटेर आफ्ना धारणा प्रस्तुत गरेका हुन् । प्रधानन्यायाधीशलाई भेटेर न्यायाधीशहरू फेरि सामूहिक छलफलमा बसेका छन् । प्रधानन्यायाधीशसँगको छलफल र सामूहिक छलफलका कारण मंगलबार पनि इजलास प्रभावित हुने भएको छ । सोमबार पनि न्यायाधीशहरू इजलासमा नबसेर आपसी छलफलमा जुटेका थिए ।
मंगलबार प्रधानन्यायाधीश जबराले १५ जना न्यायाधीशलाई ८ वटा इजलास तोक्नुभएको छ । त्यसमध्ये ७ वटा संयुक्त इजलास तोकिएको छ भने नहकुल सुवेदीलाई एकल इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबार ८ इजलासमा सुनुवाइका लागि २१६ थान मुद्दाको पेसी तोकेका छन् । प्रधानन्यायाधीश जबरामाथि उठेका प्रश्नहरूमा छलफल गर्नुपर्ने भएको भन्दै सोमबार १३ न्यायाधीश इजलासमा बसेका थिएनन् । सोमबार अनुपस्थित भएकामध्ये मंगलबार न्यायाधीश नहकुल सुवेदी र कुमार चुडाललाई पनि पेसी तोकिएको छ ।













प्रतिक्रिया दिनुहोस्