जनता टाइम्स

९ कार्तिक २०७८, मंगलवार १५:२८

नेपाल सेवा र विन लघुवित्तको एकीकृत कारोबार १५ कात्तिकदेखि सुरु हुने


काठमाडौं, ९ कात्तिक । नेपाल सेवा लघुवित्त वित्तीय संस्था सिन्धुपाल्चोक र विन लघुवित्त वित्तीय संस्था धादिङ एकआपसमा मर्जर भई १५ कात्तिकदेखि एकीकृत कारोबार सुरु हुने भएको छ । संस्थाको केन्द्रीय कार्यालय मेलम्ची-१३ सिन्धुपाल्चोकमा रहने जनाइएको छ । १५ कात्तिकमा विन नेपाल लघुवित्तका नामबाट एकीकृत कारोबार सुरु हुनेछ ।

यी दुई संस्था एकआपसमा गाभिँदा सेयर स्वाप अनुपात १ः०ः७५ कायम गरिएको छ । यी दुई संस्थाबीच एक आपसमा गाभ्ने÷गाभिने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले गत १५ भदौमा अन्तिम स्वीकृति दिएको थियो ।