काठमाडौं, कात्तिक १० । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले दश दिन नबित्दै केन्द्रीय कमिटीका सदस्यहरु थपघट गरेको छ । प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले बुधबार बिज्ञप्ती जारी गर्दै केन्दीय कमिटी सदस्यहरुको नाम हेरफेर भएको जानकारी दिनुभएको हो ।
यसअघि केन्द्रीय कमिटीमा समावेश भएका केही नेताहरु एमालेमै फर्किएपछि सो स्थानमा नयाँ सदस्य थपेर केन्द्रीय कमिटीलाई पूर्णता दिइएको खतिवडाले जानकारी दिनुभएको छ । पुनर्गठित केन्द्रीय कमिटीमा अनेरास्वबियूका अध्यक्ष सुदेश पराजुली अटाउन सक्नुभएको छैन भने प्रेस चौतारीका सचिव अमृत तिमल्सिना केन्द्रीय सदस्य बन्न सफल हुनुभएको छ ।
यस्तै असन्तुष्टि जनाउनु भएकी नेतृ मन्जु यादव लगायतको वैकल्पिक केन्द्रीय सदस्यबाट बढुवा भएको छ । यस्तै केन्द्रीय कमिटीमा काभ्रेका मुकुन्द गौतम, डोटीका हर्कबहादुर सिंह, बाजुराका हिक्मतजंग शाही थप हुनुभएको छ ।
यस्तो छ नयाँ केन्द्रीय सदस्य र कार्यबिभाजन














प्रतिक्रिया दिनुहोस्