विराटनगर, कात्तिक १० । मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) काशीराज दाहालले समयमा काम नसक्ने ठेकेदारलाई पक्राउ पुर्जी काट्ने चेतावनी दिनुभएको छ । अलपत्र अवस्थामा छोडेका तथा बाढी पहिरोका कारण क्षति पुगेका योजनाको अनुगमनका क्रममा निस्किएका सिडिओ दाहाले उक्त चेतावनी दिनुभएको हो ।
उहाँले समयमै काम नसक्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिनुभयो । ‘ठेकेदार, त्यो योजना हेर्ने कार्यालयका प्रमुख तथा इन्जिनियरलाई फोनमार्फत जानकारी गराएर तुरुन्त काम सक्न निर्देशन दिएका छु,’ दाहालले भन्नुभयो, ‘समयमा काम नसक्ने ठेकेदारलाई पक्राउ पुर्जी जारी गरेर कानुन अनुसार अगाडि बढ्छु ।’
केही दिनअघि आएको बाढी पहिरोका कारण कटान गरेर जोखिम बढेपछि विराटनगर र पूर्वी मोरङ जोड्ने सिंघीया खोलाको पुलको उहाँले अनुगमन गर्नुभएको थियो । पुलको पिलरमा बातिले असर पुर्याएको तथा खाल्डा खुल्डी धेरै परेको सूचना पाउन साथ दाहाल प्राविधिक इन्जिनियरको टोलीसहित निरीक्षणमा पुग्नुभएको हो ।
हुलाकी सडक परियोजनाअन्तर्गत पर्ने उक्त पुल तत्काल मर्मतका लागि सडक डिभिजन कार्यालय विराटनगरलाई कटान गरेको क्षेत्रबाट नै प्रजिअ दाहालले टेलिफोनमार्फत निर्देशन दिनुभयो । औधोगिक क्षेत्र भएकाले पिलरको काम दिउँसो र माथि ढलानको काम राति गर्नसमेत उहाँको निर्देशन छ ।
यस्तै बुधबार ६ लेन सडकको अनुगमन गर्नुभएको छ । बरगाछि चोकमा सडक अलपत्र अवस्थामा देखेपछि आक्रोशित बनेका सिडिओ दाहालले स्थानीयलाई निवेदन दिन आग्रह गर्नुभएको थियो । उहाँ जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीलाई लिएर अनुगमनमा जानुभएको हो ।
बगरगाछि र दुहबी खन्डामा समस्या देखिएको ६ लेन आयोजनाका इन्जिनियर उपेन्द्र दासले बताउनु भयो । उक्त सडकअन्तर्गत सुनसरीको दुहबीमा भने अहिलेसम्म ठेक्का लागेको छैन ।
मोरङ खन्डामा वरगाछिदेखि ७५ मिटर सडक बनाउने जिम्मा कन्चन जगा पिए सी जेभरि कन्स्ट्रक्सनले पाएको थियो । ठेक्कामार्फत कन्स्ट्रक्सनले जिम्मा लिएको हो । अधुरो रहेको सडक निर्माणको काम सक्न पटक(पटक ताकेता गरे पनि जिम्मा लिएको कन्स्ट्रक्सने अटेरी गरेको इन्जिनियर दासको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्