जनता टाइम्स

११ कार्तिक २०७८, बिहीबार ०८:२०

आज अपरान्ह एमाले स्थायी कमिटी बैठक बस्दै , यस्ता छन एजेन्डा


काठमाडौं, १० कात्तिक । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। बैठक आज अपरान्ह ४ बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको छ। वडा र पालिका अधिवेशनको समीक्षालगायत विषयमा आज छलफल गर्न लागिएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताउनुभयो ।

एमालेले कात्तिक ६ मा वडा र कात्तिक ९ मा पालिका अधिवेशन गरेको थियो। केही वडा र पालिकामा भने अधिवेशन हुन बाँकी नै छ। राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिकालगायत विषयमा पनि आज स्थायी कमिटी बैठकमा छलफल गरिने तामाङले जानकारी दिनुभयो । एमालेले दसौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्दैछ। महाधिवेशनमा आउने प्रतिनिधि छनौट गर्नेलगायत काम गर्न एमालेले बाँकी नै छ।