जनता टाइम्स

११ कार्तिक २०७८, बिहीबार १४:२१

सडकमा पुग्यो सर्वाेच्च अदालतको बिवाद, हडतालकारी न्यायाधीशबिरुद्ध प्रदर्शनमा उत्रिए युवा


काठमाडौं, कात्तिक ११ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र न्यायाधीशबीचको विवादलाई लिएर माइतीघरमा प्रदर्शन गरिएको छ । न्यायालयको गरिमा धरापमा पर्ने गरी न्यायपालिकालाई विवादमा तानिएको भन्दै युवाहरू स्वतःस्फूर्त रुपमा सडकमा भेला भएर दबाब दिएका हुन ।

उनीहरुले इजलास बहिष्कार गरेका न्यायाधीशहरूलाई नियमित काममा फर्काउनुपर्ने माग गरेका छन । प्रदर्शनकारीले सर्वाेच्च अदालतकै न्यायाधीशबाट भइरहेको हडताल तत्काल अन्त्य गर्नुपर्ने अन्यथा जनताले घिसारेर सडकमा ल्याउनुपर्ने आवाज उठाए । ‘हड्तालकारी न्यायाधीशलाई जनताले घिसारेर सडकमा लानैपर्छ’ भनेर मुख्य ब्यानर राखेर युवाहरुले प्रदर्शन गरेका हुन । का छन् ।