काठमाडौं, १५ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन जाँदै हुनुहुन्छ । अध्यक्ष ओली आज चितवनमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन स्थलमार्गबाटै प्रस्थान गर्न लाग्नुभएको हो ।
स्थलमार्गबाट अध्यक्ष ओली चितवन जाने उहाँको निजी सचिवालयले जानकारी दिएको छ। ओलीले नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत दासढुंगाको मदन–आश्रित पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम पनि रहेको छ । एमाले अध्यक्ष ओलीले नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटनस्थल नारायणगढको नारायणी नदी किनारको अवलोकन गर्ने कार्यक्रम रहेको नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो । ओलीले नेकपा एमाले भरतपुर महानगर कमिटीको अधिवेशनको आज उदघाटन गर्नुहुने भएको छ ।
आज दिउँसो साढे तीन बजे भरतपुर–१० मदननगरस्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा १०औँ राष्ट्रिय महाधिवेशनको सम्पर्क कार्यालय उद्घाटन गरेर सौराहा जाने कार्यक्रम तय भएको छ । अध्यक्ष ओलीले सौराहास्थित महाधिवेशनको बन्दसत्र हुने स्थानको आजै साँझ अवलोकन गर्नुहुने छ।
मंगलबार भरतपुर–१६ मा निर्माणाधीन क्रुजसिप (मिनी पानिजहाज) को अवलोकन गर्ने र त्यसपछि माडीको अयोध्यापुरीमा रहेको राम मन्दिरको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
चितवन सवारीका क्रममा अध्यक्ष ओलीलाई धादिङदेखि नै कार्यकर्ताहरुले चोकचोकमा स्वागत गर्ने तयारी गरेका छन् । एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार इच्च्छामनकामना गाँउपालकिा प्रवेशस्थलमा ओलीको भव्य स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यहाँ चितवन जिल्लाका नेता कार्यकर्ता स्वागतका लागि सयौं मोटरसाइकल लिएर आउनेछन् । कुरिनटारमा अध्यक्ष ओलीलाई स्थानयीबासिन्दाले स्वागत गर्ने कार्यक्रम रहेको छ ।
मुग्लिनमा पनि पार्टी कार्यकर्ता र स्थानीयबासीले अध्यक्ष ओलीलाई स्वागतको तयारी गरेका छन् । आफू प्रधानमन्त्री भएका बेला विस्तार गरिएको मुग्लिनबाट नारायणगढ सडक खण्डको अध्यक्ष ओलीले निरीक्षण गर्नुहुने छ। यो सडकलाई दुई लेनबाट चार लेनमा बिस्तार गरिएको छ । ओलीले दासढुंगामा जननेता मदन भण्डारी र जीवराज आश्रितको सालिकमा माल्यार्पण गर्नुहुने छ। त्यसपछि रामनगरमा कार्यकर्ता र स्थानीयबासिन्दाले ओलीको स्वागत गर्ने कार्यक्रम रहेको छ ।
आज चितवन पुगेपछि एमाले भरतपुर महानगरको प्रथम अधिवेशनको अध्यक्ष ओलीले उदघाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि एमालेको १०औं महाधिवेशन स्थल नारायणी किनार क्षेत्रको अवलोकन गनुहुने छ। त्यसलगत्तै भरतपुर १० को चितवन जिल्ला पार्टी कार्यलयमा रहेको १०औं महाधिवेशन सम्पर्क कार्यालय उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । एमाले अध्यक्ष ओली आज कसरामा बास बस्ने तय भएका छ ।













प्रतिक्रिया दिनुहोस्