जनता टाइम्स

१५ कार्तिक २०७८, सोमबार १८:१६

कृषि विकास बैंकका अध्यक्ष निरौलाद्धारा राजीनामा


काठमाडौं, कात्तिक १५ । कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले पदबाट राजीनामा दिनुृभएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उहाँलाई बैंकको अध्यक्ष नियुक्त गरेको थियो । सरकारले मार्ग प्रशस्त गर्न भनेपछि उहाँले राजीनामा दिनुभएको हो ।

राष्ट्र बैंकबाट अवकास प्राप्त कार्यकारी निर्देशक समेत रहनुभएको उहाँलाई गठबन्धन सरकारले हटाएर अर्को अध्यक्ष नियुक्त गर्ने तयारी गरेको थियो ।

नेपाल सरकारको बहुमत शेयर रहेको बैंकमा सरकारले आफू निकट व्यक्ति नियुक्त गर्ने गरेको छ । निरौलाले आफूले राजीनामा दिएको स्वीकार गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘सरकारबाट मार्ग प्रशस्त गर्न भनिएको थियो, मैले मार्ग प्रशस्त गरिदिएँ ।’ उहाँले गत शुक्रबार नै सरकारलाई राजीनामा बुझाउनुभएको हो ।