जनता टाइम्स

१५ कार्तिक २०७८, सोमबार १८:२१

कर्णालीका मुख्यमन्त्री शाहीले राजीनामा दिने


सुर्खेत, १५ कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने तयारी गर्नुभएको छ । उहाँले अहिले साँझ ६ बजे प्रदेशबासीका नाममा विशेष सम्बोधन गर्दै राजीनामा दिने तयारी गर्नुभएको हो । यही सम्बोधनका क्रममा राजीनामा दिने तयारी भएको मुख्यमन्त्री शाहीको सचिवालयले जानकारी दिएको छ । यसअघि आज ५ बजे मन्त्रिपरिषद् बैठक बसेको थियो ।

मन्त्री परिषद्ले गरेका निर्णय भने सार्वजनिक गरिएको छैन । गत ३ वैशाखमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा माओवादी र कांग्रेसले सरकार आलोपालो चलाउने सहमति गरेका थिए । त्यहीअनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिन लागेका बताइएको छ । अब कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने करिब पक्का भएको छ ।