जनता टाइम्स

१६ कार्तिक २०७८, मंगलवार ०७:३३

भूमि व्यवस्था मन्त्री शशी श्रेष्ठलाई प्रश्न : चुच्चे नक्साको क्षेत्रफल गोप्य राख्नुपर्ने कारण के ?



काठमाडौं, कात्तिक १६ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले चुच्चे नक्सापछिको नेपालको बढेको क्षेत्रफल सार्वजनिक नगरेको विषयमा बुझ्ने प्रतिक्रिया दिनुभएको छ । सोमबार मन्त्रालयमा सञ्चारकर्मीसँगको भेटमा मन्त्री श्रेष्ठले आफ्नो लागि मन्त्रालय विल्कुल नयाँ भएको र बुझेर धारणा सार्वजनिक गर्ने बताउनु भयो ।

सञ्चारकर्मीले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर चुच्चे नक्सा जारी गरेपछि नापी विभागले उक्त भूभागमा क्षेत्रफल नापेर बढेको तथ्यांक सरकारलाई बुझाएको तर सरकारले सार्वजनिक नगरेको भन्दै प्रश्न गरेका थिए । मन्त्रालय अधिकांश सञ्चारकर्मीको जोड यहीँ विषयमा थियो । ‘क्षेत्रफल गोप्य राखियो । कर्मचारीलाई बोल्न दिइएको छैन । पाठ्यपुस्तकबाट पनि हटाइयो । आधिकारिक क्षेत्रफल गोप्य राख्नुपर्ने कारण के ?’ भनेर सोधेका थिए ।

सञ्चारकर्मीले नेपाल भारतबीच नियमित सीमांकनको काम पनि चुच्चे नक्साकै कारण नभइरहेको, सीमा बैठक पनि प्रभावित भइरहेको प्रश्न पनि उठाएका थिए । तर मन्त्री श्रेष्ठले सुझाव लिनमात्रै बोलाएको भन्दै एक लाइनमा जवाफ दिनुभयो, ‘नेपालको क्षेत्रफलमा के रहेछ स्थिति बुझ्छु ।’ बुझेर भन्छु ।’