काठमाडौं, कार्तिक १६ । सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएको छ । आज बिहान हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो ।
उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला जहाज बँदेलसँग ठोक्किएको विमानस्थल सुरक्षार्थ खटिएको नेपाल प्रहरीको टोलीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भएको छैन । सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल छन् ।
जहाजको अगाडिको टायरमा प्वाल परेको हुँदा धावनमार्गबाट जहाज हटाएर विमानस्थल सन्चालनको प्रयास भइरहेको छ ।













प्रतिक्रिया दिनुहोस्