काठमाडौं, कात्तिक १६ । साताको तेस्रो दिनको सेयर कारोबारमा बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर २८४३.६२ को बिन्दुमा उक्लिएको छ । २८२४.८२ को बिन्दुबाट कारोबार सुरु भएकोमा २३.७६ अंकले बढेर आजको कारोबार बन्द भएको हो । नेप्से परिसूचक दोहोरो अंकले बढेपनि अघिल्ला दिनहरुको तुलनामा कारोबार रकम भने बढ्न सकेन ।
दोहोरो अंकले परिसूचक बढ्दा कारोबार रकम ६ अर्ब ७३ करोडमा सिमित भएको छ। हिजो नेप्से १७.७५ अंकले घटेपनि ७ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका २३० वटा कम्पनीका सेयर ५९ हजार ८८१ पटक कारोबार हुँदा झन्डै १० लाख कित्ता सेयर कारोबार भएको छ । जसबाट ६ अर्ब ७ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा महालक्ष्मी विकास बैंकको सेयर धेरै कारोबार भएको छ। महालक्ष्मीको मात्रै ४६ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै कारोबारमा आएको साहास उर्जा लिमिटेडको सेयरमुल्य १० प्रतिशतले बढेको छ भने बिशाल बजार कम्पनीको सेयर मुल्य २.९५ प्रतिशतले घटेको छ। त्यस्तै नेप्सेका उपसूचकहरु मध्ये तीन वटा क्षेत्र घटेका छन् भने बाँकी बढेका छन्।














प्रतिक्रिया दिनुहोस्