जनता टाइम्स

१७ कार्तिक २०७८, बुधबार २०:१४

रामचन्द्र पौडेलको खुलासा : देउवा सरकारले चुनाव गराउन सक्दैन


काठमाडौं, कात्तिक १७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले निर्वाचान गराउन नसक्ने ठोकुवा गर्नुभएको छ ।

नेपाली कांग्रेस मकवानपुरले हेटौँडामा ओयोजना दीपावली, छठ तथा नेपाल सम्बतको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बरिष्ठ नेता पौडेलले यस्तो निश्कर्ष सुनाउनु भएको हो । उहाँले देउवा सरकारले चुनाव गराउला र भाग लिउँला भन्ने नसोच्न आग्रह पनि गर्नुभयो । आफ्नै पार्टीको निर्वाचन गर्न नसक्ने देउवाले स्थानीय तह, प्रदेश र संघको निर्वाचन गर्नै नसक्ने उहाँको भनाई थियो ।

साँढे पाँचवर्षसम्म पार्टीको निर्वाचन त गर्न नसक्ने देउवाबाट आम निर्वाचनको अपेक्षा राख्न नसकिने उहाँले बताउनुभयो । ‘आफ्नै चुनाव गराउन नसक्ने कांग्रेसले अरु चुनाव गर्छ भन्ने के ग्यारेन्टी ?’पौडेलले भन्नुभयो । पौडेलले कांग्रेसमा देउवाले निरंकुशता लादेको बताउनुभयो । महाधिवेशन गरेर त्यो निरंकुशता अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो ।