जनता टाइम्स

११ असार २०७६, बुधबार १२:३१

लगातार बढिरहेको सुनको मूल्य बुधबार ह्वात्यै घट्यो


काठमाडौं, असार ११

ऐतिहासिक मूल्य कायम गरेको सुनको मूल्य बुधबार घटेको छ। मंगलबार ६५ हजार पाँच सय पुगेको सुनको मुल्य बुधबार ५ सयले घटेर ६५ हजारमा कारोबार भैरहेको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेकोले नेपाली बजारमा सुनको मूल्य घटेको जनाइएको छ। नेपाली बजारमा अन्तराष्ट्रिय बजारमा कायम हुने मूल्यको आधारमा सुनको मूल्य तय गरिन्छ।

मंगलबार सुनसँगै चाँदीको मूल्य समेत घटेको छ। प्रति तोला पाँच रुपैयाँ घटेर ७३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।