जनता टाइम्स

१८ कार्तिक २०७८, बिहीबार १८:००

एनसीसी बैंक र दराज अनलाइनबीच ११.११ मा छुट सम्झौता


नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी बैंक) र दराज अनलाइन सपिङ बीच चछुट सम्बन्धी सम्झौता भएको छ । एन.सी.सी बैंकका ग्राहकले दराजमा एक दिने भव्य सेल– ११.११ अभियानमा छुट प्रदान गर्ने जनाइएको छ ।

सम्झौताअनुसार एन.सी.सी बैंकको डेविट कार्ड प्रयोगर्कताहरुलाई दराजबाट अनलाइन सपिङ्ग गरी भुक्तानी गर्दा थप १५ प्रतिशत छुट दिने जसमा डेबिट कार्डमा अधिकतम रु ३ हजार र क्रेडिट कार्डमा अधिकतम रु ३५ सयसम्मका छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । बैंकका अनुसार यो योजाना कात्तिक २५ (नोभेम्बर ११) को दिन शुरु भई २४ घण्टामा समापन हुनेछ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका७ वटै प्रदेशमा गरीकुल १३६ शाखा, ११० वटा एटिएम र ११ वटा एक्स्टेन्सन काउन्टर संचालित गरी बैँकले आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको पनि जनाएको छ ।