जनता टाइम्स

२२ कार्तिक २०७८, सोमबार १२:४१

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौं, २२ कात्तिक । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ८४ पैसा र बिक्री दर ११९ रुपैयाँ ४४ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर १३७ रुपैयाँ ४७ पैसा र बिक्री दर १३८ रुपैयाँ १६ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ४० पैसा र बिक्री दर १६१ रुपैयाँ २१ पैसा छ ।

स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ २६ पैसा र बिक्री दर १३० रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ९७ पैसा र बिक्री दर ८८ रुपैयाँ ४१ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ८४ पैसा छ । जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४८ पैसा र बिक्री दर १० रुपैयाँ ५३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५७ पैसा र बिक्री दर १८ रुपैयाँ ६७ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ६८ पैसा र बिक्री दर ३१ रुपैयाँ ८४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिर दर ३२ रुपैयाँ ६३ पैसा र बिक्री दर ३२ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७१ पैसा रहेको छ ।