जनता टाइम्स

२४ कार्तिक २०७८, बुधबार १४:४१

माधवको त्रास : चुनावमा पाँच दलीय गठबन्धन नबने एमालेले पत्तासाफ बनाउँछ


डडेलधुरा, कात्तिक २४ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावमा पाँद दलीय गठबन्धन नबने एमालेले पत्तासाफ गर्ने चिन्ता जनाउनु भएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा कम्युनिष्ट आन्दोलन जोगाउने अभियान चलाउनु भएका नेपालले देउवाकै गृहजिल्ला डडेलधुरामा आएर यस्तो चिन्ता जनाउनु भएको हो ।

एमालेमा रहेका केही पदलोलुपहरुलाई भित्र्याउन आउनु भएका नेपालले चुनावमा पाँचै दल मिलेर एमालेलाई ठेगान लगाउने अभिब्यक्ति दिँदै एक्लै गए आफूहरुलाई एमालेले पत्तासाफ नै बनाउने मनको त्रास पोख्नुभयो । ‘आउने चुनावमा पाँचै पार्टी मिलेर जाने छौं, केपी गुटको पत्तासाफ हुने छ,’ नेपालले भन्नुभयो ।

उहाँको यो भनाई एमालेसँग कतै पनि एक्लै सामना गर्न सक्ने ल्याकत कुनै पनि दलको नरहेको निश्कर्षका आधारमा आएको हो । ‘आउने चुनावमा केपी गुटको कति सिट आउँछ त्यो टर्च बालेर खोज्नुपर्छ भनेर मैले भनिसकेको छु,’ नेपालले भन्नुभयो ।