जनता टाइम्स

२५ कार्तिक २०७८, बिहीबार ०५:३७

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य


काठमाडौं, कात्तिक २५ । नेपाल आयल निगमले फेरि डिजेल पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।

यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १३६, मट्टितेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ । बढेको मूल्य बुधवार मध्यरातदेखि लागि हुने निगमले जनाएको छ । यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको थियो ।