जनता टाइम्स

२५ कार्तिक २०७८, बिहीबार १४:५९

आज ह्वात्तै बढ्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ विक्रि ?


काठमाडौं, २५ कात्तिक । आज सुनको भाउ ह्वात्तै बढेको छ । बुधबार तोलाको ९२ हजार ७ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक १३ सय रुपैयाँले बढेर तोलाको ९४ हजार पुगेको हो । तेजाबी सुनको भाउ पनि आज तोलामा १३ सयले नै बढेर ९३ हजार ५ सय पुगेको छ ।

चाँदीको भाउ आज तोलामा २० रुपैयाँले बढेर १२ सय ७० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ५९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८० हजार १६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ८९ रुपैयाँ कायम गरेको छ ।