जनता टाइम्स

२५ कार्तिक २०७८, बिहीबार १६:४९

श्रममन्त्री किसान श्रेष्ठले दिए आपत्तिजनक अभिब्यक्ति, तत्काल बर्खास्त गर्न माग


काठमाडौं, कात्तिक २५ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले आपत्तिजनक अभिव्यक्ति दिनुभएको छ । गृहजिल्ला तनहुँमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले सिंगो मधेसी समुदायको अपमान गर्दै आपत्तिजनक अभिब्यक्ति दिनुभएको हो ।

मन्त्री श्रेष्ठले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने क्रममा मधेसी समुदायप्रति लक्षित गरी लख्नै नमिल्ने आपत्तिजनक शब्द प्रयोग गर्नुभएको हो । श्रममन्त्री श्रेष्ठको भनाई थियो, ‘दुई तिहाइको सरकार छाडेर देशै टुक्य्राउ भन्ने मधिसेहरूलाई १२-१४ जना मन्त्री बनायो ।’ पूर्वप्रधानमन्त्री ओली र मधेसी समुदायप्रति मन्त्री श्रेष्ठको यो भनाई निकै आपत्तिजनक र पदमा बसिरहन नमिल्ने खालको रहेको छ ।

माधव नेपाललाई पार्टी चलाउने खर्च जोहो गरेर मन्त्री बन्नुभएका श्रेष्ठ पछिल्लो समय निकै आपत्तिजनक हर्कत गर्दै जानुभएको छ ।
मन्त्री श्रेष्ठको अभिव्यक्ति नश्लीय र आपत्तिजनक भएको भन्दै सामाजिक सञ्जालमा कडा बिरोध भएको छ । अधिकांशले तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन ।