जनता टाइम्स

२७ कार्तिक २०७८, शनिबार १४:४९

जाजरकोटबाट सर्वसम्मत छानिए ९ जना एमाले महाधिवेशन प्रतिनिधि


जाजरकोट, कात्तिक २७ । नेकपा एमालेको १०ओैं राष्ट्रिय महाधिवेशनमा जाजरकोटबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन गरिएको छ । एमाले जाजरकोटका अध्यक्ष करवीर शाहीका अनुसार आकांक्षीबीच सहमति गराई सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन गरिएको हो ।

यसरी चयन हुनेमा खुलातर्फ करवीर शाही, डम्बरबहादुर सिंह, लालबहादुर महतारा, बेदबहादुर शाही, सीपी घर्ती, प्रेमप्रसाद घर्ती हुनुहुन्छ । यस्तै महिलातर्फ कौशिलावती खत्री र हरिकला जैशी चयन हुनुभएको छ भने दलिततर्फ नबेन्द्र नेपाली चयन हुनुभएको एमाले जाजरकोटले जनाएको छ ।