जनता टाइम्स

२७ कार्तिक २०७८, शनिबार १५:५६

प्रचण्ड अस्पताल भर्ना


काठमाडौं, कात्तिक २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना हुनुभएको छ । अध्यक्ष दाहाललाई मेडिसिटी अस्पताल भर्ना गरिएको हो ।

छोरी रेणु दाहालका अनुसार हिजोदेखि प्रचण्डको स्वास्थ्यमा समस्या आएको थियो । उहाँका अनुसार प्रचण्डको रक्तचाप बढेको छ । शनिबार बमिट गरेपछि भने प्रचण्डलाई मेडिसिटी लगिएको हो।