११ असार २०७६, बुधबार ००:००

अमेरिकाको तामाङ साँस्कृतिक केन्द्रमा पुनः इन्द्र तामाङ संयोजक


न्यूयोर्क, असार ११

तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्र (ट्रष्ट)को नेतृत्व पुनः इन्द्र तामाङले पाउनु भएको छ । गत आइतबार भएको विशेष सभाले आगामी तीन वर्षका लागि पुनः ईन्द्र तामाङको संयोजकत्वमा ट्रष्टको नया कार्य समिति गठन गरेको हो ।

तामाङ सोसाईटी अफ नर्थ अमेरिका र तामाङ सोसाईटी अफ न्युयोर्कका अध्यक्षद्धय पदेन सदस्य रहने गरि गठित समितिमा संयोजकमा ईन्द्र तामाङ, सहसंयोजकमा भरत राज लामा, सहसंयोजकमा फुर्वा घिसिङ, सचिवमा राम पाख्रिन तामाङ सहसचिवमा छेमाङ तामाङ, कोषाध्यक्षमा दिपेन्द्र लामा, सहकोषाध्यक्षमा सुनिता घिसिङ तामाङ, सदस्यहरुमा सुवास लामा, सूर्य तामाङ,लालमान तामाङ, अमर तामाङ, कुन्साङ लामा, धन बहादुर वम्जन, मनोज लामा चयन हुनुभएको छ ।

उक्त सभाले तत्कालिन तामाङ सोसाईटी अफ अमेरिका हाल तामाङ सोसाईटी अफ नर्थ अमेरिका, सेन्ट्रल कमिटी) अन्तर्गत रहेको तामाङ साास्कृतिक तथा बौद्ध केन्द्र, न्युयोर्क परियोजना औपचारिक रुपमा तामाङ सोसाईटी अफ न्युयोर्क अन्तर्गत रहने निर्णय गरेको जनाएको छ ।