जनता टाइम्स

२८ कार्तिक २०७८, आईतवार १२:४६

महाधिवेशन आयोजक जिल्ला चितवनमा एमालेका सबै प्रतिनिधि सर्वसम्मत, यी हुन २८ जना प्रतिनिधि


चितवन, कात्तिक २८ । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक जिल्ला चितवनमा २८ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । दुई दिनको सहमति प्रयासपछि पूर्वअध्यक्ष कृष्णभक्त पोखरेल र वर्तमान अध्यक्ष पार्वती रावलसहित सबै प्रतिनिधि सर्वसम्मत चयन हुनुभएको हो ।

जिल्लाका बरिष्ठ नेताहरू जेएन थपलिया, पूर्वमन्त्री दावादोर्जे लामा, युवा नेता रामप्रसाद न्यौपाने, नेकपा एस छाडेर एमालेमा फर्किनुभएका तेजेन्द्र खड्कासहितका नेताहरू प्रतिनिधि बन्नुभएको छ ।

निर्वाचन क्षेत्र नम्बर १

खुलातर्फ : जेएन थपलिया, दावा लामा, झगरु चौधरी, प्रकाश खनाल (शैलेस), नारायण वन, यादव पाठक, कमल पाठक

महिलातर्फ : प्रभा बराल, सुनिमाया चेपाङ, विमला दुवाडी

निर्वाचन क्षेत्र नम्बर २ बाट

खुलातर्फ : कृष्णभक्त पोखरेल, विजय सुवेदी, बाबुराम खरेल, टिका रिजाल, तेजेन्द्र बहादुर खड्का, पुरुषोत्तम न्यौपाने

महिलातर्फ : सूर्यवदना हमाल, शान्ति अधिकारी, माया सिलवाल

निर्वाचन क्षेत्र नम्बर ३ बाट

खुलातर्फ : हरिप्रसाद सापकोटा, रामप्रसाद न्यौपाने, कृष्णप्रसाद भुर्तेल, विष्णुहरी तिमिल्सेना, प्रकाश ढुंगाना

महिलातर्फ : पार्वती रावल, सरस्वती विष्ट

दलित तथा उत्पीडन क्षेत्रबाट स् शिवकुमारी गोतामे, श्यामलाल विक