जनता टाइम्स

२९ कार्तिक २०७८, सोमबार १९:१५

एमाले महाधिवेशनमा यी हुन उद्योगी–ब्यवसायीबाट छानिएका पाँच प्रतिनिधि


काठमाडौं, कात्तिक २९ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा उद्योगी व्यवसायीहरुको तर्फबाट ५ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । एमाले निकट नेपाल राष्ट्रिय उद्योग ब्यवसायी महासंघबाट पाँच प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।

संगठनका अध्यक्ष तथा झापा क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद एलपी साँवा लिम्बुसहित बरिष्ठ उपाध्यक्ष भीमलाल पौडेल र महासचिव भगिरथ सापकोटा एमाले महाधिवेशन प्रतिनिधि चयन हुनुभएको हो । त्यस्तै महिलाबाट मनिषा सुब्बा नाल्बो र बिन्दु श्रेष्ठ चयन हुनुभएको छ ।