जनता टाइम्स

१ मंसिर २०७८, बुधबार ०९:१३

एमसीसी गिजोलिएका बेला आज नेपाल आउँदै अमेरिकी सहायक विदेशमन्त्री


काठमाडौं, मंसिर १ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउँदैछन् । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने लु आज बुधबार साँझ काठमाडौं आइपुग्दै हुनुहुन्छ ।

नेपालमा रहँदा लुले प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ । अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेन्ज कोअपरेसन )एमसीसी) कार्यान्वयन अघि बढ्न नसकेका बेला उहाँ नेपाल आउन लागेका हुन् ।

सन् २०१७ मा हस्ताक्षर भएको एमसीसी नेपालको संसदबाट अनुमोदन नहुँदा कार्यान्वयन अघि बढेको छैन ।