जनता टाइम्स

१ मंसिर २०७८, बुधबार ०९:५६

नेपाल टेलिकमको तीन महिनामै १ अर्ब १३ करोड कमाइ


काठमाडौं, १ मंसिर । नेपाल टेलिकमले गत आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा कम्पनीको सञ्चालन आय ८ अर्ब ६३ करोड ५३ लाख ४० हजार रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १३ करोड ९९ लाख ५४ हजारले वृद्धि भई ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रहेको जनाएको छ ।

टेलिकमले विज्ञप्ति जारी गरेर गत आ।व। को प्रथम त्रैमासिक ९२०७७ आश्विन मसान्त०को कुल आय १० अर्ब १० करोड ४४ लाख ७५ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७८ आश्विन मसान्त) मा कुल आय ८४ करोड ७८ लाख ७१ हजार (अर्थात, ८.३९ प्रतिशत) ले वृद्धि भई १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रहेको जनाएको छ ।

गत आ. व. को प्रथम त्रैमासिक अवधि (२०७७ आश्विन मसान्त) मा खुद मुनाफा १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार रहेकोमा चालु आ. व. को सोही अवधि (२०७८ आश्विन मसान्त) मा ७४ करोड २१ लाख ३४ हजार (अर्थात, ४८.९० प्रतिशत) ले वृद्धि भई २ अर्ब २५ करोड ९९ लाख ४ हजार रहेको विज्ञप्तिमा उल्लेख छ ।

गत आ.व. को प्रथम त्रैमासिक अवधि (२०७७ आश्विन मसान्त) मा ईबीआईटीडीए ३ अर्ब ९७ करोड ४ लाख ९१ हजार रहेकोमा चालु आ.व.को सोहि अवधिमा ८४ करोड ४९ लाख ५७ हजार (अर्थात, २१.२८ प्रतिशत)ले वृद्धि भई ईबीआईटीडीए ४ अर्ब ८१ करोड ५४ लाख ४८ हजार रहेको छ ।

गत आ.व.को प्रथम त्रैमासिक अवधिको तुलनामा चालु आ.व.को प्रथम त्रैमासिकमा कम्पनीको आर्थिक स्वास्थ्य सकारात्मक हुनुका प्रमुख कारणहरूमा फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार रहेको छ ।

यसको हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि हुन गई मोबाइल डाटा, भ्वाइस, एस।एम।एस। सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुन गएको टेलिकमले जनाएको छ ।

यसैगरी टुजी र थ्रीजी सेवाको पहुँच नपुगेका स्थानहरूमा समेत २ जी, थ्रीजी र फोरजी सेवाको पहुँच विस्तार गरिएकाले ग्राहक आधार वृद्धि हुन जाँदा आर्थिक वृद्धि भएको उल्लेख छ ।

कम्पनीको एफटीटीएच सेवाप्रति ग्राहकको आकर्षणमा वृद्धि भई एफटीटीएचमार्फत वितरण गरिएको इन्टरनेट सेवा, टेलिफोन सेवा तथा आईपीटीभी सेवाका ग्राहकहरू वृद्धि हुन गइ फिक्सड नेटवर्कबाट हुने आयमा समेत सकारात्मक प्रभाव परेको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा आएको संकट चालु आ. व.को शुरुबाटै केही सहज भएकोले कम्पनीका आयोजनाहरू तथा सेवा वितरणमा सहजता आएको टेलिकमले जनाएको छ ।

कोरोना लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा डाटा प्याकेज उपलव्ध गराइएको हुँदा सोबाट प्रत्यक्ष रुपमा राजश्व वृद्धि हुने अवस्था नरहेतापनि कम्पनीका सेवाहरुको गुणस्तर अभिवृद्धि, मर्मत सम्भारमा सुधार जस्ता क्रियाकलापहरुबाट कम्पनीका सेवाहरुप्रति ग्राहकवर्ग आकर्षित हुन सकेको तथा सोही कारणले सेवा उपयोगमा वृद्धि भएको विज्ञप्तिमा उल्लेख छ ।

सेवाहरूबाट गत आ. व.को प्रथम त्रैमासिक अवधि (२०७७ आश्विन मसान्त) को तुलनामा चालु आ. व. को सोही अवधिमा सुधार आई क्रमशः करिब ७ प्रतिशत, १५ प्रतिशत र ३३५ प्रतिशतले वृद्धि भएको विज्ञप्तिमा उल्लेख छ ।