जनता टाइम्स

१२ असार २०७६, बिहीबार ०९:२९

ग्लोबल आइएमई बैंक लिमिटेड र आईएफसी बीच ऋण आदान–प्रदान सम्झौता


काठमाडौं ,असार १२

ग्लोबल आइएमई बैंक लिमिटेड र इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) बीच बुधबार ऋणको लागि सम्झौता आदान–प्रदान भएको छ । ग्लोबल आइएमई बैकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्टरनेशनल फाइनान्स कर्पोरेशनका आवासीय प्रतिनिधि तथा नेपाल प्रमुख एम रेहन रशिदले आज बैकमा आयोजित एक समारोहकाबीच सम्झौता आदानप्रदान गर्नुभएको हो ।

सम्झौताअनुसार, नेपाल राष्ट्र बैंकबाट स्वीकृती पश्चात ग्लोबल आइएमई बैंकले दुई करोड अमेरिकी डलर (करिब दुई अर्ब बीस करोड नेपाली रुपैयाँ) ऋण लिई विभिन्न क्षेत्रहरुमा ऋण लगानी गर्नेछ ।
यो सम्झौताले हाल बैंकिङ्ग क्षेत्रमा देखिएको लगानीयोग्य पूँजिको अभावलाई केहीहदसम्म कम गर्ने विश्वास बैंकले लिएको छ । आईएफसीबाट ल्याइने ऋmणलाई विशेष गरी साना तथा मझौला उद्योग, पर्यटन तथा कृषि क्षेत्रमा ऋण लगानी गर्ने बैकको योजना रहेको छ ।