जनता टाइम्स

२ मंसिर २०७८, बिहीबार १३:१३

नेसनल माइक्रोफाइनान्सको ४५ प्रतिशत लाभांश घोषणा


काठमाडौं, २ मंसिर । नेसनल माइक्रोफाइनान्स लघुवित्तले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट ४० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद गरी कुल ४५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधीलाई वितरण हुनेछ । नेसनल माइक्रोफाइनान्सको हाल कायम चुक्ता पुँजी ४१ करोड ९० लाख ५३ हजार ५५२ रुपैयाँ छ ।

सेयरधनीलाई बोनस वितरणपछि चुक्ता पुँजी ५८ करोड ६६ लाख ७४ हजार रुपैयाँ पुग्नेछ । अघिल्लो वर्ष यस लघुवित्तले २१ प्रतिशत बोनस सेयर र छ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश वितरण गरेको थियो ।