जनता टाइम्स

२ मंसिर २०७८, बिहीबार १३:१९

मेगा बैंकको लाभांश संशोधन


काठमाडौं, २ मंसिर । मेगा बैंक नेपाल लिमिटेडको लाभांश संशोधन भएको छ । नेपाल राष्ट्र बैंकले नगद लाभांशको समेत ब्यबस्था गर्न निर्देशन दिएपछि बैंकले लाभांश संशोधन गरेको हो । बैंकले यस अघि १२.०७ प्रतिशत बोनस शेयर मात्र बितरण गर्ने प्रस्ताव गरेको थियो । अब भने बैंकले राष्ट्र बैंकको निर्देशन बमोजिम नगद लाभांश सहितको ब्यबस्था गरेको छ ।

अब बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.०७ प्रतिशत नगद लाभांश गरि कुल १२.०७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पुंजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार रहेको छ । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।