जनता टाइम्स

१२ असार २०७६, बिहीबार १०:३९

एसइईको नतिजा सार्वजनिक गर्न २ बजे बोर्ड बैठक बस्दै


काठमाडौँ, असार १२

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको बोर्ड बैठक बस्दै छ ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजानिक गर्न बैठक बस्न लागेको हो । नतिजा प्रकाशनको तयारीमा रहेको राष्ट्रिय परीक्षा बोर्डले बिहीबार दिउँसो २ बजे बैठक बोलाएको छ । नतिजा सार्वजनिक गर्नु अगाडि बोर्ड बैठक बस्नु पर्ने प्रावधान छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणिपौडेलले आज २ बजे बोर्डबैठक बोलाइएको बताउनु भयो ।

विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयले जनकारी दिएको छ ।

कार्यालयले हिजो नै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेपनि केही प्राविधिक काम बाँकी रहेकाले बिहीबार परीक्षाफल सार्वजनिक गर्ने गरी काम भइरहेको कार्यालयले बताएको छ ।