जनता टाइम्स

३ मंसिर २०७८, शुक्रबार ०८:५३

आजको मौसम : पाँच प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात


काठमाडौँ, मंसिर ३ । अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा परेको छ । जस कारण आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमतीका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा बदली रही एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आङ्कलन गरेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।शनिवार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

२०७८ मंसिर ०३ गते (शुक्रबार) 

दिउँसो: देशका कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भू-भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरू आंशिक देखी सामान्य बदली रहने छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा  र बांकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावान रहेको छ ।

राती: देशका सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भू-भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरू आंशिक सामान्य बदली रहने छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावान रहेको छ । 

२०७८ मंसिर ०४ गते (शनिबार) 

दिउँसो: देशका सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू-भागहरू  सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरू आंशिक देखि सामान्य बदली रहने छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावान रहेको छ ।  

राती: देशका सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू-भागहरू  सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरू आंशिक देखी सामान्य बदली रहने छ। कर्णाली र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखी मध्यम हिमपातको सम्भावान रहेको छ ।   

२०७८ मंसिर ०५ गते (आईतबार) 

दिउँसो: देशका  पहाडी भु-भागमा  सामान्य बदली रही बाँकी भू-भागहरू आंशिक बदली रहने छ। बाग्मती, गण्डकी र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावान रहेको छ ।  

राती: देशका  पहाडी भु-भागमा  सामान्य बदली रही बाँकी भू-भागहरू आंशिक बदली रहने छ। कर्णाली र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ बाग्मती, गण्डकी र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावान रहेको छ ।  

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभावका कारण देशका अधिकांश भू-भागहरुमा वदली भै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावान रहेको छ । सो प्रणालीको प्रभावले देशका अधिकांश भू-भागहरुमा चिसो बढ्ने क्रममा रहेको र तुवालोको कारणले पारदर्शितमा समेत कमी आउन सक्ने देखिएकोले सडक तथा हवाइ यातायत क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।