काठमाडौं, ३ मंसिर । भारतीय योगगुरु बाबा रामदेवले नेपालमा दुई टेलिभिजनको उद्घाटन गर्नुभएको छ। रामदेवको पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी सेटेलाइटबाट प्रशारण गर्नेगरी उद्घाटन गरेको हो ।
शुक्रबार राजधानीको मन्डिखाटारमा आयोजित विशेष कार्यक्रमका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले टेलिभिजनको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा देउवासहित काँग्रेसका नेताहरु, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित विभिन्न दलका नेताहरु सहभागी हुनुभएको थियो । कार्यक्रममा एमाले अध्यक्ष केपी ओली भने देखिनुभएको छैन । हरेक नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान संचार गर्दै नेपालको सामाजिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दिगो र प्रगाढ बनाउन टिभी सञ्चालन गर्न लागेको पतञ्जली योगपीठ नेपालले जनाएको छ ।
यस्तै योगपीठले आजै स्वदेशी समृद्धि कार्डको प्रारम्भ पनि गरेको छ । उद्घाटन कार्यक्रममा भारतीय मन्त्री नितिन गडकरी पनि नेपाल आउनुभएको हो । तर नेपालमा भारतिय च्यानल खोलिनु नेपालमा प्रधानमन्त्री देखी मन्त्री सम्मको लश्कर देखिनु भारत प्रतिको देउवाका सरकारको लम्पसार वाद देखिएको एक सामाजिक अभियान्ताले बताउनुभयो । यसरी विदेशी समानको प्रचार प्रशार गर्ने उदेश्यले तथा धर्म निरपक्षे भएको मूलुकमा यसरी विदेशी धार्मीक च्यानल खोलीनु भारतिय स्वार्थ लुकेको उहाँले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्