जनता टाइम्स

७ मंसिर २०७८, मंगलवार ०७:०५

कस्तो छ आजको मौसम, उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको आँकलन


काठमाडौं, मंसिर ७ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । मंगलबार बिहान पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनीका पहाडी भूभागमा बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको एकरदुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ । बुधबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।