जनता टाइम्स

७ मंसिर २०७८, मंगलवार १३:३९

ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, ७ मंसिर । सुनको भाउमा आज भारी गिरावट आएको छ । हिजो तोलाको ९३ हजार ९ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक १६ सय रुपैयाँले घटेर तोलाको ९२ हजार ३ सयमा आईपुगेको छ । तेजाबी सुनको भाउ पनि आज तोलामा १६ सयले नै घटेर ९१ हजार ८ सयमा झरेको छ ।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार २५५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार १३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ७०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ७६ रुपैयाँ कायम गरेको छ ।