काठमाडौं, ७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलको उम्मेदवारीलाई स्वभाविक रुपमा लिने बताउनुभएको छ । आज अल्फाविटामा सम्पादकहरुसँग अन्तरक्रियामा अध्यक्ष ओलीले लोकतन्त्रमा चुनौती स्वभाविक भएको बताउनुभएको हो । ‘रावलजीले मलाई चुनौती दिनु भएको छ । मैले बढी खटेकाले आराम दिन खोज्नु भएको हो ।
उहाँको स्नेहपूर्ण सुझावबाट प्रभावित छु । रावलजीलाई मन पराउनेहरूले मैले विश्राम लिए हुन्छ भन्ने देखिन्छ । तर, रावलजीको मनमा यो छैन,’ उहाँले भन्नुभयो । अध्यक्ष ओलीले आफ्नो उम्मेदवारी टुंगो नलागेको पनि बताउनुभयो । ‘म उठ्ने÷नउठ्ने कुनै टुंगो गरेको छैन । मलाई कसैले चुनौती दिन खोज्यो भने लोकतन्त्रमा चुनौती स्वाभाविक हो’ उहाँले भन्नुभयो ।
आफू उठ्दा अरुले प्रतिस्पर्धा नगरोस भनेर आफूले नचाहने उहाँको भनाइ थियो । उहाँले थप्नुभयो,‘म उठ्ने भएकाले अरू नउठुन भन्ने चाहन्न । नउठोस् भनेर दबाब दिने छैन । सहमति हुँदैन भने मैले सहमति गर भनेर कर गर्दिन । करकाप गरेर सहमति गर भन्दिन, म अवसरमा भाँजो हाल्दिन, सबैलाई चुनाव लड्न दिनेछु ।’













प्रतिक्रिया दिनुहोस्