जनता टाइम्स

१२ असार २०७६, बिहीबार १५:०७

हिमालयन बैंकको ५९ औ शाखा काठमाडौंको सुकेधारामा


काठमाडौं,

हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका— ४, सुकेधारमा आफ्नो ५९ औ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
सो शाखाको समुद्धघाटन बैंक सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख अतिथि मनोजबहादुर श्रेष्ठले एक समारोहका बीच गर्नुभयो ।

सो अवसरमा उहाँले नेपालको आधुनिक बैंकिङ्ग क्षेत्रमा हिमालयन बैंक सुरक्षित, भरपर्दौ र विश्वसनीय भएको र यस नयाँ शाखा कार्यालय मार्फत हिमालयन बैंक लिमिटेडले ग्राहकबर्गहरुलाई अत्याधुनिक बैंकिंग सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले समृद्धिका लागी साना तथा मझौला उद्यम तथा व्यवसायको बृहत प्रवद्र्धन आवश्यक रहेको र त्यसका लागी हिमालयन बैंक उत्पादनशील क्षेत्रमा कृयाशिल त्यस्ता व्यक्तिहरुलाई सहयोग गर्दै अगाडि बढ्ने बताउनुभयो । उहाँले समग्र महानगरबासीको सबृद्धि यात्रामा हिमालयन बैंक सम्बन्धित निकायहरु संग सहकार्य गरेर अगाडी बढ्ने धारण व्यक्त गर्नुभयो ।

उहाँले ग्राहकवर्गको बैंक प्रति गहिरो भरोसा रहेको चर्चा गर्दै नेपालमा स्वस्थ्य बैकिङ्ग प्रणालीको विकास र जनतालाई सुलभ तथा स्तरीय सेवा पु¥याउन हिमालयन बैंक कटिबद्ध रहेको बताउनुभयो ।

बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रयमासको अन्त्यसम्मा रु. १ खर्ब १२ अर्ब २६ करोड ६२ लाख निक्षेप संकलन गरि कर्जा सापटको रुपमा उत्पादनशील व्यवसायिक तथा आधारभूत क्षेत्रमा रु. ९८ अर्ब ५३ करोड २० लाख लगानी गरेको छ । बैंकले चालू वर्षको ९ महिनामा रु. २ अर्ब ८६ करोड ५४ लाख संचालन मुनाफा आर्जन गरेको छ । हाल बैंकको एटिएम संख्या १२० र विप्रेषण भुक्तानी काउन्टर १३५०० भन्दा बढी रहेको छ ।