जनता टाइम्स

१० मंसिर २०७८, शुक्रबार ०९:२९

महाधिवेशनस्थल बिहानै जम्मा भएका सहभागीले भने– अध्यक्षमा पुनः ओली आउनुपर्छ


चितवन, १० मंसिर । नेकपा (एमाले)को १० औं राष्ट्रिय महाविधेशनमा सहभागी नेता तथा कार्यकताहरुले अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् । महाधिवेशनस्थल बिहानै जम्मा भएका सहभागीले अध्यक्षमा पुनः ओलीलाई नै दोहोर्याउनुपर्ने बताएका हुन । सहभागिहरुले विभिन्न संचारमाध्यमलाई छोटो प्रतिक्रिया दिनेक्रममा ओलीको विकल्प ओली नै रहेको धारणा व्यक्त गरेका हुन् ।