जनता टाइम्स

१० मंसिर २०७८, शुक्रबार ०९:५९

एमाले महाधिवेशन उद्घाटनसत्र ४ घण्टा चल्ने, यी स्थानबाट निस्कनेछन् जुलुस


चितवन । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्र ४ घण्टामै सक्ने गरी कार्यक्रम तालिका बनाइएको छ । आज दिउँसो साढे १२ बजे सुरु गरेर साढे ४ बजेसम्म उदघाटन सत्र सक्ने योजना बनाइएको हो । एमाले चितवनकी अध्यक्ष पार्वती रावलका अनुसार कार्यक्रममा धेरै वक्ता नहुने तर शीर्ष नेतृत्वले सम्बोधन गर्नुहुनेछ ।

महाधिवेशनको उदघाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । उद्घाटनसत्रमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्नहुने छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई निमन्त्रणा गरिएपनि उहाँनै आउने वा अन्य नेता आउने एकिन भइसकेको छैन ।

उद्घाटनसत्र छोटो–मिठो बनाउने योजना बनेको छ । बाहिरी जिल्लाबाट आएकाहरुसहितको मुल जुलस विहान ११ बजेदेखि निस्कने छ । पोखरा, काठमाडौंबाट आएका कार्यकर्ता सहभागी भएको जुलुस आँपटारीबाट निस्कने छ । यसको नेतृत्व रावल आफैं तथा कृष्णभक्त पोखरेल लगायतले गर्नुहुनेछ । पूर्वीनेपालबाट आउनेहरुको केन्द्रीय बस ट्रमिनलबाट जुलुस निस्कने छ । जस्को नेतृत्व काशिनाथ अधिकारी, विजय सुवेदी, जगन्नाथ थपलिया लगायतले गर्नुहुनेछ ।

मुल जुलसहरुमा केन्द्रीय शीर्षनेताहरुको पनि सहभागिता हुनेछन । एमाले महाधिवेशनको उद्घाटनस्थल नारायणी नदी किनारमा विहानैदेखि सर्वसाधरण, नेता, कार्यकर्ताहरुको चहलपहल बढेको छ । बन्दसत्र सौराहामा भोलि विहान साढे ८ बजेदेखि सुरु हुनेछ । भोलि नै उम्मेद्वारी मनोनयनको काम हुनेछ ।