जनता टाइम्स

१० मंसिर २०७८, शुक्रबार १३:५०

एमाले महाधिवेशन : देउवा र ओली मञ्चमा


चितवन, १० मंसिर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली एकसाथ महाधिवेशनस्थल प्रवेश गर्नुभएको छ ।मञ्चमा सँगै उभिएर उनीहरूले हात हल्लाएर अभिवादन गर्नुभएको छ । देउवा र ओलीले संयुक्त अभिवादन गर्दा कार्यकर्ताहरूले हुटिङ र नाराबाजी गरेका थिए ।

लामो समयपछि देउवा र ओली मञ्चमा सँगै देखिनुभएको हो । यसअघि संवैधानिक परिषद्को बैठकमा सहभागी भएयता उहाँहरू एकै ठाउँमा देखिनु भएको थिएन । प्रधानमन्त्रीका रूपमा देउवाले सपथ लिँदासमेत ओली उपस्थित हुनुभएको थिएन । देउवाले मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पटकपटक ओलीसँग सम्बन्ध सुधारका लागि दूत बनाइ बालकोट पठाए पनि दुईजना औपचारिक कार्यक्रममा उपस्थित भएका थिएनन् ।