काठमाडौँ, १० मंसिर । नेकपा एमालेको महाधिवेशनमा सहभागी हुन पुगेको राप्रपाका अध्यक्ष कमल थापाले ओलीको प्रशंसा गर्नुभएको छ । उद्घाटन समारोहमा शुरूआति मन्तव्य राखेका कमल थापाले ओलीको प्रशंसा गर्नुृभएको हो ।
आफूसमेत सम्मिलित सरकारले नाकाबन्दीको सामना गरेको, चीनसँग पारवहन सन्धि गरेको तथा ओलीको दोस्रो कार्यकालमा भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा र लिपुलेक समेटेर चुच्चे नक्सा प्रकाशित गरेको कुरालाई लिएर थापाले ओलीको प्रशंसा गर्नुभएको हो । महाधिवेशनमा कार्यकर्तालाई उत्साही बनाउन एउटा वृत्तचित्र प्रदर्शन गरिएको थियो, जहाँ अध्यक्ष ओलीको गरेको राष्टको हितमा गरेको कामको प्रशंसा गरिएको थियो ।













प्रतिक्रिया दिनुहोस्