जनता टाइम्स

११ मंसिर २०७८, शनिबार ०८:११

एमाले चितवनले भन्योः महाधिवेशनमा ६ लाख कार्यकर्ता आए


काठमाडौं, ११ मंसिर । चितवनमा शुक्रवारदेखि सुरु भएको नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन शत्रमा ६ लाख कार्यकर्ता आएको एमाले चितवन जनाएको छ । पार्टी जिल्ला अध्यक्ष पार्वती रावलका अनुसार महाधिवेशनमा देशभरबाट ६ लाख पार्टी नेता कार्यकर्ता आएको दाबी गर्नुभयो ।उहाँले महाधिवेशनमा आधा कार्यकर्ता उद्घाटन स्थलसम्म आउन नसकेको बताउनुभयो ।उहाँले भन्नुभयो–धेरै कार्यकर्ता पूर्वी चितवनको टिकौली र नवलपुरको गैडाकोटबाट फर्किनुभएको छ । सभा स्थलसम्म आउन पाउनुभएन । उहाँले महाधिवेशनको उद्घाटन सत्र आफुहरुले सोचेभन्दा भव्य भएको बताउनुभयो ।चितवनको इतिहाँसमा यति धेरै मानिसहरु जम्मा भएको पहिलो पटक भएको उहाँको भनाई छ । महाधिवेशनको उद्घाटन शत्र स्थल नारायणी नदी किनारमा नअटाएपछि कार्यकर्ताहरु नारायणगढ बजारमा छरिएका थिए ।