सौराहा, ११ मंसिर । एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुने दाबी गर्नुभएको छ । महाधिवेशनको बन्दसत्र स्थल सौराहामा पत्रकारहरूसँग कुराकानी गर्दै उहाले सर्वसम्मत नेतृत्व चयनका लागि केन्द्रीय कमिटी बैठकले कमिटीको आकार बढाएको बताउनुभयो । ‘अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छ’, उहाँले भन्नुभयो ‘एकताको सन्देश दिन पनि त्यो जरुरी छ । पार्टीका उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा होमिएका बेला प्रचार विभाग प्रमुख भट्टराईले शीर्ष नेताहरूलाई योग्यता र क्षमताका आधारमा पद बाँडफाँट गरी सर्वसम्मत नेतृत्व चयन गर्ने बताउनुभयो ।
अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छ – भट्टराई













प्रतिक्रिया दिनुहोस्