जनता टाइम्स

१२ असार २०७६, बिहीबार २०:१४

प्रचण्ड–देउवाबीच डेढ घण्टा बार्ता : शान्ति प्रक्रियाबारे जुट्यो यस्तो सहमति


दुई अध्यक्षबीच छलफल भएर नै अध्यक्ष प्रचण्डले देउवासँग बार्ता गर्नुभएको हो, हिजोको शान्ति प्रक्रियाका सहयात्री दल रहेकोले सत्ता र प्रतिपक्षी नभनी उच्चस्तरीय सहमतिका साथ अघि बढन बार्ता फलदायी रह्यो

काठमाडौं, असार १२

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज लामो बार्ता भएको छ । ललितपुरको होटल समिटमा भएको बार्तामा शान्ति प्रक्रिया टुंग्याउने बिषयमा लामो छलफल भएको हो ।

नेकपा स्रोतका अनुसार दुई नेताबीचको बार्तामा शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन उच्चस्तरीय समझदारीका साथ ाथ अघि बढने सहमतिसमेत भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सुझावअनुसार अध्यक्ष प्रचण्डले आज शान्ति प्रक्रियाको समग्र बिषयमा कांग्रेस सभापति देउवासँग छलफल गर्नुभएको हो ।

‘दुई अध्यक्षबीच छलफल भएर नै अध्यक्ष प्रचण्डले देउवासँग बार्ता गर्नुभएको हो, हिजोको शान्ति प्रक्रियाका सहयात्री दल रहेकोले सत्ता र प्रतिपक्षी नभनी उच्चस्तरीय सहमतिका साथ अघि बढन बार्ता फलदायी रह्यो,’ अध्यक्ष प्रचण्ड र देउवाबीचको भेटबारे नेकपाका एक नेताले जनताटाइम्ससँग भने । ती नेताका अनुसार प्रचण्ड र देउवाबीच छिटै प्रधानमन्त्री ओलीसहित तीन नेताको बैठक बसेर शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने सहमति बनेको छ ।

अव प्रधानमन्त्रीसहित तीन नेताबीच उच्चस्तरीय बैठक हुनेछ, सो बैठकले शान्ति प्रक्रियाको समग्र पाटोमा छलफल गरी निश्कर्षमा पुर्याउने छ,’ ती नताले भने । भेटमा अध्यक्ष प्रचण्डले सरकार प्रतिपक्षीसँग समग्र बिषयमा सहमतिका साथ अघि बढन चाहेको भन्दै समृद्ध नेपाल निर्माणको लक्ष्य हासिल गर्न सहकार्यको प्रस्ताव गर्नुभएको समेत स्रोतले बतायो । देउवासँगको भेटमा प्रधानमन्त्री र आफूबीच छलफल भएरै पहिलो चरणमा बार्ताका लागि आएको जानकारीसमेत दिनुभएको थियो ।