जनता टाइम्स

११ मंसिर २०७८, शनिबार १७:१६

प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो : अध्यक्ष ओली


चितवन, ११ मंसिर । एमाले अध्यक्ष केपी ओलीले प्रतिकृयावादीको षड्यन्त्रका कारण आफ्नो पार्टी प्रतिपक्षमा पुगेको बताउनुभएको छ । १०औं महाधिवेशनको बन्द सत्रमा बोल्दै ओलीले यही कारण देशमा यतिवेला गम्भीर चुनौती खडा भएको बताउनुभयो ।

राज्य संयन्त्रको अनुचित दुरुपयोग भइरहेको भन्दै उहाँले स्वतन्त्र न्यायालयको दुरुपयोग भएको बताउनुभयो ।

शक्तिपृथकीकरणको सिद्धान्त खलबलिदै गएको भन्दै यो क्रम अघि वढे लोकतन्त्रका लागि खतरा हुने सुनाउनुभयो । एमाले यस्तो वस्थामा गम्भीर भएर बन्द सत्रमा भेला भएको बताउनुभयो ।