जनता टाइम्स

११ मंसिर २०७८, शनिबार १९:०७

सरकारविरुद्ध एनआरएनए अदालतमा


लण्डन, ११ मंसिर । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकार परराष्ट्र मन्त्रालय विरुद्ध मुद्दा दायर गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रालयले अन्यायपूर्ण पत्रजारी गरेको कारणले संघ बाध्य भएर सरकारविरुद्ध अदालतमा गएको बताउनुभएको छ ।

संघले शनिबार पत्रकार सम्मेलन गर्दै उच्च अदालत पाटनमा उत्प्रेरण आदेश माग गदै परराष्ट्र मन्त्रालयसहित सरकारविरुद्ध पहिलो पटक संघले मुद्दा दायर गरेको जनाएको छ । सरकारविरुद्धको निवेदनमामा १०औं महाधिवेशन गराउन संरक्षक परिषद्लाई जिम्मा दिने मन्त्रालयको निर्णय गैर कानुनी रहेको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ ।

संघका अध्यक्ष पन्तले संरक्षक परिषद्लाई अनावश्यक चलखेल नगर्न आग्रह गर्नुभएको छ । उहाँले संघको विवाद समाधान गर्न संघ सक्षम रहेको बताउनुभयो । पन्तले संघको १०औं महाधिवेशन तथा निर्वाचन डिसेम्बर महिनाभित्रै हुने बताउनुभयो । पत्रकार सम्मेलनमा संघका महासचिव डा. हेम राज शर्मा र प्रवक्ता डिबी क्षेत्रीले आ-आफ्नो भनाइहरू राख्नुभएको थियो ।